Literary Pieces, Views and Opinions!

Sunday, July 8, 2012

तिम्रो साथ


तिम्रो आँखामा संसार देख्ने कोशिस गर्दा
आज म सबैबाट पराइ भए
तिम्रो साथमा गन्तब्य पुग्ने प्रयास गर्दा
किन किन क्षितिजपारि हेर्न भुलें
दोष दिन्न तिम्लाई म, म नै नादान थिए
तिम्रो आँखामा संसार देख्ने कोशिस गर्दा

तिम्रो आलंग्गनको न्यान्यो स्पर्शले
मेरो आँखा छोपिदिंदा
सामिप्यका मेरा साथी सबै म भुली गए
तिम्रो गल्ती थिएन केही, म नै नादान थिए
तिम्रो आँखामा संसार देख्ने कोशिस गर्दा

No comments: